FAQs Complain Problems

गंगादेव गाउँपालिकाको कार्यालय

Read More

पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड

Read More

सिद्धार्थ मा.वि घोप्टेवढार

Read More

गंगादेव गाउँपालिकाकाे परिचय

संघिय लोकतान्त्रिक गणतन्त्र  नेपालको लुम्बिनी प्रदेश अन्र्तगत रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको गंगादेव गाँउपालिका पनि एक हो । देश र जनताका लागि वलिदान गर्ने शहिद  गंगा र देव को नाम बाट यो गाउँपालिकाको  नामाकरण  गरिएको हो । यस गाँउपालिकाको केन्द्र सानाडाँडामा रहेको छ ।  यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम  देखी करिव ६५ कि.मि. उत्तर पश्चिम भागमा अवस्थित रहेको छ ।  साबिकका चारवटा गाबिस  ( ओत, जिनावाङ, पाखानी, राँक ) लाई मिलाइएर बनाएको हो । यस गाँउपालिकाको क्षेत्रफल १२४.३८... वर्ग कि.मि.  र जनसंख्या   २१,५०३ रहेको छ । साविकका ४ वटा गाँउ विकास समितिहरु मिलाइएर वनेको यस गंगा देव गाँउपालिकाको सिमाना पूर्वमा माडि, परिवर्तन गाउँपालिका, पश्चिममा सल्यान बागचौर न.पा छत्रेश्वरी उतरमा रुकुम त्रिवेणी गाउँपालिका,दक्षिणमा र त्रिवेणी माडि,गाउँपालिका रहेका छन ।

जनसंख्या विवरण २०७८

 
समावेस घरधुरी

४,४३३

जनसंख्या

२१,५०३

पुरुष

१०,०४५

महिला

११,४५८

जन प्रतिनिधि

गाउँपालिका अध्यक्ष
९८४७८२२००१
गाउँपालिका उपाध्यक्ष
९८४४९४८९१८

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८१३४४३९२०
सूचना अधिकारी
९८५७८७७०४२

सेवाहरु

सेवा प्रकारः- द‍र्ता
सेवा समयः- सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय प्रशासन शाखा
सेवा शुल्कः- २०००
आवश्यक कागजातहरुः-

१. वडाको सिफारिस

२. मुचुल्का(चार किल्ला प्रमाणित)

३. व्यवसाय रहेको जग्गाको लालपुर्जा

४. भाडामा भए सम्झौता पत्र

५. संचालकको नागरिकता

६. संचालकको २ वटा फोटो

सेवा प्रकारः-
सेवा समयः- कागजात मिलेमा सोही दिन उजुरीको निस्सा दिइने
जिम्मेवार अधिकारीः- उजुरी प्रशासक
सेवा दिने कार्यालयः- न्यायिक समितिको कार्यालय गंगादेव गाउँपालिका
सेवा शुल्कः- रु ५००
आवश्यक कागजातहरुः-

उजुरीकर्ताको फिरादपत्र वा उजुरी कागज/ नागरिकताको प्रतिलिपी

सेवा प्रकारः- द‍र्ता
सेवा समयः- सोही दिन,वा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- उक्त आ.ब. को आर्थिक ऐन अनुसार र संस्थाको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

१) संस्थाको दर्ता गर्ने  निर्णय प्रतिलिपि
२) नियमानुसार समिति गठन
३) सम्बन्धित वडाको सिफारिस
४) संस्थाको विद्यान 

सेवा प्रकारः- योजना
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/गाउँपालिका अध्यक्ष /योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- योजनको प्रकृति हेरि
आवश्यक कागजातहरुः-

१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१) खाता संचालन/बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको
नमूना दस्तखत कार्ड
२) समितिको निर्णय
३) निवेदन
४) वडाको सिफारिश

ई–गभर्नेन्स

जानकारी